|

काठमाडौं : म्यानमारमा सुरक्षाफौजको गोली लागेर सात वर्षीया बालिकाको ज्यान गएको छ। उनलाई मण्डाले शहरमा घरमै रहेको बेला गोली लागेको परिवारका सदस्यहरुले बताएको बिबिसीले जनाएको छ। ती बालिका फेब्रुअरी १ को सैनिक कू पछि भएका प्रदर्शनहरुमा मृत्यु हुने सबैभन्दा कम उमेरकी हुन्।

सुरक्षाकर्मीले उनका बुबालाई लक्षित गरेर प्रहार गरेको गोली नजिकै बसिरहेकी बालिकालाई लागेको बताइएको छ। सुरक्षाकर्मीले उनका दाजुलाई समेत पक्राउ गरेको छ। म्यानमारमा हालसम्मा २० बालबालिकाको ज्यान गएको सेभ द चिल्ड्रेनले जनाएको छ।

म्यानमारको सेनाले अहिलेसम्म भएका प्रदर्शनमा १६४ जनाको मृत्यु भएको बताए पनि म्यानमार असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर समूहले भने अहिलेसम्म २६१ जनाको मृत्यु भएको जनाएको छ।

सेनाले भने सरकारविरुद्ध भएको प्रदर्शनका कारण मानिसहरुको ज्यान गएको बताउँदै आएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.