|

इजरायलमा दुई वर्षभित्र भएको चौथो चुनावमा प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले आफ्नो जीत दाबी गरेका छन्। 

बितेका दुई वर्षभित्र भएको यो चौथो चुनाव हो। नेतन्याहूले जीत दाबी गरेपनि चुनावी सर्वेक्षणमा भने उनलाई पूर्ण बहुमत नमिल्ने आंकलन भएको छ।

इजरायलको संसदमा १२० सिट छ। नेतन्याहूको लिकुड पार्टीले ५३ या ५४ र साविकका विपक्षी पार्टीहरूले कूल ५९ सीट जित्ने आंकलन गरिएको छ। 

अब नेतन्याहूका पूर्व समर्थक र राष्ट्रवादी यामिना पार्टीका नेता नफ्ताली बेनेट किंगमेकर सावित हुनसक्ने छन्। 

पछिल्लो चुनावमा इजरायलका ६७.२ प्रतिशत मतदाताले मतदान गरेका छन्। चुनावलाई नेतन्याहूको नेतृत्व क्षमताबारे जनमत संग्रहका रुपमा पनि लिइएको बताइएको छ।

सन्‌ २०१९ अप्रिल र सेप्टेम्बर, २०२० को मार्च र अहिले गरी यो पछिल्ला दुई वर्षभित्र त्यहाँ चार पटक चुनाव भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.