|

धनगढी : कैलाली सव–डिभिजन वन कार्यालय तारानगरका रेञ्जर (अधिकृत छैठौं) राम औतार चौधरीसहित एक सामुदायिक वनका अध्यक्षविरुद्ध मुद्दा दायर गरिएको छ। 

घुस लिने रेञ्जर रामऔतार चौधरी र सघाउने सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राम रानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

चोरीको काठसहित ट्रयाक्टर पक्राउ परेको मुद्दा मिलाइदिने भन्दै सामुदायिक वनका अध्यक्षलाई बिचौलियाको रुपमा प्रयोग गरेर ८० हजार रुपैयाँ घुस लिएको अभियोगमा चौधरी र अध्यक्षविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

रेञ्जर चौधरीलाई घुस वापतको रकम दिलाउन सघाउने सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रानालाई अख्तियार महेन्द्रनगर कार्यालयबाट गएको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.