|

भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भएको छ। जससँगै कुल मृतकको संख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ।

सोही अवधिमा यहाँ ४७ हजार २६२ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या एक करोड १७ लाख ३४ हजार ५८ पुगेको मन्त्रालयले जानकारी दिएको छ। कुल संक्रमितमध्ये तीन लाख ६८ हजार ४५७ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड १२ लाख ५ हजार १६० जना संक्रमणमुक्त भएका छन्।

भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म पाँच करोड  भन्दा बढीले खोप लगाइसकेका छन्।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ। परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ६४ लाख ३८ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ। मंगलबार एकै दिनमा १० लाख २५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.