|

शाही उपाधि त्यागेका बेलायती राजकुमार ह्यारी अब जागिरे बन्दैछन्। स्वतन्त्र जीवन जिउने र आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका ह्यारी बेटरअप नामक अमेरिकी मानसिक स्वास्थ्य संस्थामा प्रमुख प्रभाव अधिकृत अर्थात (चिफ इम्प्याक्ट अफिसर) बन्ने सिएनएनले जनाएको छ। 

यसका लागि उनी क्यालिफोर्निया पुगिसकेका छन्। एक विज्ञप्तिमार्फत राजकुमार ह्यारीले नयाँ भूमिकाका सम्बन्धमा आफू उत्साहित रहेको बताएका छन्। उनको जिम्मेवारी, काम गर्ने समय र तलबका बारेमा केही खुलाइएको छैन। 

गत मार्चमा शाही जिम्मेवारीबाट पन्छिएपछि उनले पैसा कमाउन काम गर्न थालेका हुन्। राजकुमार ह्यारीले नयाँ जिम्मेवारीमा मानसिक स्वास्थ्यका बारेमा महत्वपूर्ण बहसलाई प्रोत्साहन दिने, सहज समुदाय निर्माण गर्ने र खुला कुराकानीका लागि वातावरण निर्माण गर्ने रहेको बताएका छन्।

बेटरअपका प्रमुख कार्यकारी अधिकृत एलेक्सी राबिचौका अनुसार ह्यारीले अन्य कर्मचारीको व्यवस्थापन नगर्ने तर अवस्था सामान्य भएपछि सान फ्रान्सिस्कोस्थित कार्यालयमा केही समय बिताउने बताएका छन्।

सन् २०१३ मा स्थापित बेटरअपले मोबाइलमार्फत व्यावसायिक सहयोग प्रदान गर्छ। यसका ६६ देशमा ४९ भाषा बोल्ने दुई हजार परामर्शदाता रहेको बताइएको छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.