स्थानीय तहलाई ७० प्रतिशत बजेट किन चाहियो ? ओढ्ने ओच्छ्याउने हो र !

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह र प्रदेश सरकार नेपाल सरकारका तह मात्रै भएको बताएका छन्। 

काठमाडौंमा बुधबार आयोजित नेपाल नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  स्थानीय तह र प्रदेश सरकार पृथक नभएको बताएका हुन्।

'स्थानीय तहले सबै चिज केन्द्रीय सरकारले जस्तो गर्न खोज्छु भन्यो भने त्यो हुँदैन, संभव पनि छैन', प्रधानमन्त्री ओलीले भने, 'प्रदेशले पनि सरकार भनेको उस्तै उस्तै हाे भनेर भ्रम राख्नुहुँदैन। 

जनतालाई सेवा सुविधा पुर्याउन, समाजको विकास गर्न र आर्थिक उन्नती गर्न सजिलोका लागि विभिन्न तहमा बाँडिएको तर यो नेपाल सरकार नै भएको उनको तर्क छ ।

'सबै तहका सरकार भने पनि तहका सरकार मात्रै हुन्, ओलीले थपे, 'सबै नेपाल सरकार मातहत हुन्, यो पृथक होइन ।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.