|

चितवन : नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत दासढुंगामा आज अपराह्न साढे ४ बजे ट्रक र कार आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना६ख ७३७१ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको बा२१च ६८५९ नम्बरको कार आपसमा ठोक्किएका थिए।

घाइते कार चालकसहित ५ जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ ल्याइएको र दुई जनाको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए।

मृत्यु हुनेमा तनहुँ स्याम्घा नगरपालिका–४ बस्ने २८ वर्षीय धर्मराज गौली र कास्की लेखनाथ नगरपालिका बस्ने ३१ वर्षीय रामकृष्ण भुजेल छन्। 

गम्भीर घाइते कार चालक लमजुङ मध्यनेपाल नगरपालिका–७ बस्ने ४२ वर्षीय पदम सापकोटा हुन्। स्याङजा विरुवा गाउँपालिका–३ बस्ने ४२ वर्षीय प्रसाद थापा र तनहुँ व्यास नगरपालिका वडा नं ६ बस्ने ४० वर्षीय जसमान परियारको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। 

ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.