|

काठमाडौं : काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने मकवानपुर गढी गाउँपालिका-१ घर भएकी ३९ वर्षीया माया तामाङ र कीर्तिपुर नगरपालिका-३ बस्ने रौतहट गुजरा नगरपालिका-२ घर भएका ३५ वर्षीय गनबहादुर लोप्चानलाई नेपाली नक्कली नोटसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित फुटपाथमा तरकारी किन्ने क्रममा तामाङले नक्कली नेपाली दिएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई ५ सय दरको ९ थान त्यस्ता नोटसहित पक्राउ गरेको हो।

थप अनुसन्धान गर्ने क्रममा प्रहरीले गनबहादुरलाई नियन्त्रणमा लिई उनको कोठा तलासी गर्दा १ हजार दरको ५१ थान, ५ सय दरको ५७ थान, १ सय दरको २ थान नक्कली नोट, १ थान प्रिन्टर मेसिन, फोटो कपी पेपर तथा उक्त नोट बनाउन प्रयोग गरिने मेसिन र जाली नोटलाई सक्कली जस्तो देखाउन प्रयोग हुने सेक्युरिटी थ्रेड बनाउने कच्चापदार्थ लगायतका विभिन्न सामानहरू फेला पारी बरामद गरेको छ।

यस सम्बन्धमा थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.