|

भारतीय विदेश मन्त्रालयले सोमबार राति गान्धी शान्ति पुरस्कार घोषणा गरेको छ।

सन्‌ २०२० को पुरस्कार बंगलादेशका राष्ट्रपिता बंगबंधु शेख मुजीब उर रहमानलाई दिइने भएको हो। अहिंसात्मक र गान्धीवादी माध्यमबाट सामाजिक, आर्थिक र राजनीतिक परिवर्तन ल्याउन उनले गरेको काम मूल्यांकन गरी यो पुरस्कार दिन लागिएको हो।

२०१९ मा यो पुरस्कार ओमानको सुल्तान काबूस बिन सैद अल सैदलाई दिइएको थियो।

सन् १९९५ देखि भारत सरकारले गान्धी शान्ति पुरस्कार प्रदान गर्दै आएको छ। यो पुरस्कार महात्मा गान्धीको १२५ औं जयन्तीमा शुरू गरिएको थियो। यो पुरस्कार कुनै पनि राष्ट्रियता, जाति, भाषा, जाति वा धर्म-सम्प्रदायका व्यक्तिलाई दिने गरिन्छ।

अवार्ड निर्णायक जुरी प्रधानमन्त्रीको अध्यक्षतामा छ। यस पुरस्कारको राशि १ करोड भारु र प्रशंसापत्र रहेको छ।

को हुन् बंगबंधु शेख मुजीब उर रहमान?

प्रधानमन्त्री नरेन्द्र मोदी कोरोना शुरू भएपछि पहिलो विदेश भ्रमणमा बंगलादेश जाँदैछन्। उनी मार्च २५ मा रहमानको जन्म शताब्दी समारोहमा भाग लिन जान लागेका हुन्।

पाकिस्तानबाट बंगलादेश अलग्गिएपछि शेख मुजीब उर रहमान ​पहिलो राष्ट्रपति बनेका थिए। उनले पाकिस्तान विरुद्धको लडाइँ नेतृत्व गर्दै बंगलादेशलाई स्वतन्त्र गरेका थिए। उनलाई शेख मुजीब भनेर चिनिन्थ्यो। उनलाई बंगबंधुको उपाधि पनि दिइएको छ।

शेख मुजीब उर रहमान र उनको परिवार १५ अगस्ट १९७५ मा मारिएका हुन्। उनका दुवै छोरीहरू बंगलादेशमा उपस्थित नभएका कारण त्यस आक्रमणबाट बचेका थिए।

हाल बंगलादेशकी प्रधानमन्त्री रहेकी शेख हसिना शेख मुजीब उर रहमानकी छोरी हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.