|

सर्लाही : जिल्ला सदरमुकाम मलंगवामा टाउको छिनालिएको अवस्थामा एक युवकको शव फेला परेको छ।

मलंगवा नगरपालिका–१० निवासी नागेन्द्र रायका छोरा ३० वर्षीय सुशील रायको शरीरबाट टाउको छिनालेको अवस्थामा आज (बिहीबार) बिहान शव फेला परेको हो। मलंगवा नगरपालिका–९ स्थित पचगछिया चौरीनजिकैको खेतमा रायको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। (हिजो) बुधबार रातिबाटै सम्पर्कविहीन भएका सुशीलको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थल पुगेको प्रहरीले बरामद शवभन्दा ६१ मिटर पूर्व टाउको समेत बरामद गरेको छ। धारिलो हतियारले घाँटीमा प्रहार गरी सुशीलको टाउको छिनालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (प्रनाउ) मदन कुँवरले जानकारी दिए । हत्यामा संलग्नहरुको पहिचाननजिक पुगिसकिएको समेत प्रहरीले दाबी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.