|

दाङ  : बाँकेमा प्रहरीले लागुऔषध खुवाइ जबरजस्ती करणी गर्ने एक युवकलाई  पक्राउ गरेको छ। पक्राउ पर्नेमा हुम्लाको सर्केगाड गाउँपालिका १ घर भई हाल   नेपालगञ्‍ज उपमहानगरपालिका २० राँझा बस्ने २४ वर्षीय मिमबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बुढाले नेपालगञ्‍ज २० राझा घर भएकी एक १९ वर्षीया युवतीलाई घरबाट भ्रमणमा जाने वाहनामा मंसिर ५ गते बाँके वैजनाथ गाउँपालिका १ स्थित गाभर भ्यालीको होमस्टेभित्र लगी जुसमा लागुऔषध नाइट्राजेपाम मिसाइ खुवाइ बेहोस बनाइ जबरजस्ती करणी गरी फरार भएका थिए।

उनी काठमाडौंमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा जिप्रका बाँकेबाट गएको विशेष टोलीले प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्‍युरो काठमाडौंको सहयोगमा यही चैत ८ गते काठमाडौं हाडीगाउँबाट पक्राउ गरेको जनाएको छ।

साथै, उनीमाथि थप अनुसन्धान भइरहेको जिप्रका बाँकेले जनाएको छ।

१२ किलो चरेशसहित दुई पक्राउ

त्यस्तै,, बाँकेमा प्रहरीले १२ किलो  चरेशसहित २  जना व्‍यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पा सुनिलस्मृति गाउँपालिका ७  का  रुद्रबहादुर बुढा र रुकुमपूर्व  भूमे गाउँपालिका ७ का रवि पुन: रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बुधबार  बाँकेको कोहलपुर नगरपालिका १२ चप्परगौडी स्थित न्यू सुदूरपश्चिम बाजुरा स्टाफ होटलमा लागुऔषध चरेशको कारोबार भइरहेको भन्ने सूचनाका  आधारमा जिप्रका बाँकेबाट गएको प्रहरी टोलीले उक्त होटल तलासी लिने क्रममा सो होटलको कोठा नं.१०१ मा रहेका बुढा र पुन ल्याएको झोला भित्र राखेको १२ किलो चरेश फेला पारेको प्रहरीले जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.