स्थलमार्गबाट आउनेले सम्बन्धित राष्ट्रको नेपली नियोगबाट भिसा लिनुपर्ने

|

काठमाडौं : हवाई मार्गबाट नेपाल आउने विदेशी नागरिकले अनअराइभल भिसा पाउने भएका छन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्बन्धित मुलुकको नेपाल नियोगबाट भिसा नपाएमा त्रिभुवन विमानस्थलबाट अनअराइभल भिसा पाउने गरी मापदण्ड २०७७ तयार पारेको छ। स्थल मार्ग हुँदै आउने पर्यटकले विदेशस्थित नेपाली नियोगबाट भिसा लिएर मात्र प्रवेश पाउनेछन्।

नेपाल आउन चाहने पर्यटकले एजेन्सीसँग पर्यटनसँग सम्बन्धित कार्यक्रम निश्चित गरेपछि एजेन्सी पर्वतारोहणका लागि पर्यटन विभाग र पर्यटकीय गतिविधिका लागि नेपाल पर्यटन बोर्डमा अनुरोध गर्नेछ।

नेपालको पर्यटकीय गतिविधिमा सहभागी हुन पर्यटन विभाग वा नेपाल पर्यटन बोर्डको सिफारिस कागजात साथमा हुनुपर्नेछ। होटल बुकिङ र बसोबास भएको सुनिश्चित हुनुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.