|

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि बंगलादेश पुगेका छन्। उनी बंगलादेशको ५०औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यमक्रममा सहभागी हुन शुक्रबार त्यहाँ पुगेका हुन्।

मोदीलाई बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्। विमानस्थलमा नै मोदीलाई गार्ड अफ अनर पनि प्रदान गरिएको थियो।

मोदी कोरोना महामारीपछि पहिलोपटक विदेश भ्रमणमा निस्किएका हुन्। दुई दिने भ्रमणको क्रममा मोदीले बंगलादेशसँग स्वास्थ्य, रेल, सीमा पूर्वाधार विकास र स्टार्ट अपलगायतका विषयमा सम्झौता हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.