|

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको पहिलो सय दिनमा २० करोड नागरिकलाई कोरोना भाइरस खोप लगाउने बाचा गरेका छन्। ह्वाइट हाउसको पहिलो पत्रकार सम्मेलनमा एक सय दिनमा बाइडेनले आफ्ना प्राथमिकताबारे उक्त कुरा बताएका हुन्।

'मलाई थाहा छ यो यो लक्ष्य महत्वकांक्षी छ, हाम्रो यसअघि लक्ष्यभन्दा यो दोब्बर हो, तर यो लक्ष्यमा हामीले गरे जति अरू कुनै देश हाम्रो नजिक पनि आउन सकेका छैनन्। मलाई विश्वास छ कि हामी यो बाचा पनि पूरा गर्नसक्छौं', उनले भने।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरस खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ। अमेरिकी स्वास्थ्य अधिकारीअनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ।

करिब एक घन्टा चलेको पत्रकार सम्मेलनमा बाइडेनलाई बन्दुक नियन्त्रणदेखि विदेश नीतिसम्मका थुप्रै विषयमा प्रश्न गरियो तर कुनै पनि पत्रकारले स्वास्थ्य संकट र कोरोना भाइरसको महामारीबारे प्रश्न गरेनन्।

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.