हवाइ यातायात प्रभावित

|

काठमाडौं : राजधानी उपत्यकामा  सुक्खा धुलो  मिश्रित हावाका कारण तुवाँलो बढेको छ। भारतबाट उडेर आएको धुलोका कारण शुक्रबार उपत्यकामा धुम्म भएको छ। मानिसहरुलाई  आँखा पोल्ने र घाँटी खसखसाउने लगायतका समस्या महशुस गरेका छन्।

भारतको राजस्थान, हरियाणा, पन्जावमा फैलिएको थार मरुभूमिबाट उडेर आएको धुलोको प्रभाव उपत्यकामा देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

उनका अनुसार हवाई उडानमा समेत भिजीविलिटी कमजोर हुँदा समस्या आएको छ। विश्वको प्रदूषण मापनको यथार्थ देखाउने आइक्यु एयर डट कमका अनुसार शुक्रबार दिउँसो केहीबेर काठमाडौं विश्वकै दोस्रो वायु प्रदूषित शहर बनेको थियो।

यसका कारण हवाइ यातायात समेत प्रभावित भएको छ। नागरिक उड्डयन  प्राधिकरणका निर्देशक राजेन्द्र पोखरेलका अनुसार भिजिविलिटी कम भएका कारण आज मध्यान्ह पछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र तराईका विभिन्न भागमा हुने उडान र अवतरण कार्य बन्द गरिएको छ।

विज्ञहरुले श्वास प्रश्वासका रोगी बालबच्चा र वृद्धवृद्धालाई भरसक बाहिर ननिस्कन मास्क अनिवार्य गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.