|

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर ११ हजारभन्दा बढीको मृत्यु भएको छ। ब्राजिलमा मात्रै तीन हजार ६०० जनाको मृत्यु भएको छ।

यस्तै‚ सोही अवधिमा अमेरिकामा १ हजार २१६‚ स्पेनमा ५९०, मेक्सिकोमा ५८४, इटलीमा ४५७, पोल्याण्डमा ४४३ तथा रसियामा ४०० जनाभन्दा बढीको मृत्यु भएको छ। फ्रान्समा ३६३, युक्रेनमा ३२६ र भारतमा २९२ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा विश्वभर ६ लाखभन्दा बढी कोरोना भाइरसबाट संक्रमित थपिएका छन्। जसमध्ये ब्रजिलमा ८२ हजार ५००, अमेरिकामा ७३ हजार ७००, भारतमा ६२ हजार २९१, फ्रान्समा ४१ हजार ८००, पोल्याण्डमा ३५ हजार, टर्कीमा २९ हजार र इटलीमा २३ हजार ९०० संक्रमित थपिएका छन्।

विश्वभर कुल संक्रमितको संख्या १२ करोड ६६ लाख पुगेको छ भने २७ लाख ७८ हजारजनाको मृत्यु भएको छ। १० करोड २१ लाख मानिस संक्रमणमुक्त भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.