|

काठमाडौं :  जोरपाटी-सुन्दरीजल सडक समयमै कालोपत्रे नभएको भन्दै यहाँका स्थानीयले गोकर्ण भैरव चौरमा सडक अवरुद्ध गरेका छन्। उनीहरुले आज बिहान ८ बजेदेखि नै सडक बन्द गरेका हुन्।

बाटोमा बाँस,काठहरू राखेर सडक अवरुछ गरिएको हुनाले जोरपाटीबाट सुन्दरीजल जाने सवारीसाधनहरु चल्‍न सकेका छैनन्। त्यस्तै, सुन्दरीजलबाट जोरपाटी,चावहिल जाने सवारीसाधन पनि छिर्न सकेका छैनन्।

यहाँको सडक समयमै कालोपत्रे नहुँदा धुलो र धुवाँका कारण यहाँका स्थानीयले सास्ती व्यहोर्दै आएका छन्।

'वर्षौंदेखि कालोपत्रे नभएको र पानी समेत नहाल्दा धुलोले आफूहरूको दैनिकी अस्तव्यस्त भएकोले सडक अवरुद्ध गर्नुपरेको स्थानीय सुमन श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.