|

काठमाडौं : थ्री नेशन्स कप अन्तर्राष्ट्रिय फुटबलको दोस्रो खेलको पहिलो हाफ गोलरहित बराबरी भएको छ। नेपाल र बंगलादेशबीच खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।

दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु भएको खेलमा नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रेको प्रशिक्षक बालगोपाल महर्जनले बताए। आजको खेलमा नेपाल कम दबाबमा हुनेछ किनकि फाइनलमा पुग्न नेपालका लागि बराबरी नै काफी हुनेछ।

उता, बंगलादेशले जित हार या बराबरी जे नतिजा निकाले पनि फाइनलमा पुग्ने हुँदा उसले ढुक्कका साथ खेल्नेछ। दुबैले एक –एक खेल्दा नेपालको पक्षमा १ अंक छ भने बंगलादेशको पोल्टामा ३ अंक छ। २ खेल खेलिसकेको किर्गिस्तानको यू–२३ टोलीसँग पनि १ अंक नै छ।

अघिल्लो खेलमा डिफेन्स लाइन मजबुद देखिए पनि नेपाली टिमको मध्यपंक्ति र अग्रपंक्ति कमजोर देखिएको थियो। नेपालले बंगलादेशसँग खेल्ने टिमको सुरुवाती–११ को घोषणा गरेको छ।

नेपालको सुरुवाती–११ खेलाडी

फरवार्ड :अन्जन विष्ट, अविसेक रिजाल

मिडफिल्डर :त्रिदेभ गुरुङ, तेज तामाङ, सन्जोग राई, रविशंकर पासवान

डिफेन्डर :  रंजित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी

गोलकिपर :  किरण कुमार चेम्जोङ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.