|

सल्यान : सल्यानमा माटो खन्ने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

माटो खन्ने क्रममा माथिबाट आएको ढिस्को लागेर जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ साल्घारी बस्ने ४५ वर्षीया एलि चलाउनेको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार डिस्कोले पुरिएर गम्भीर घाइते चलाउनेको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीका अनुसार शनिबार दिउसो पाँच जना महिला घर पोत्ने माटो खन्ने क्रममा ३२ वर्षीया पौरी बोहरा र एलि चलाउने गम्भीर घाइते भएका थिए।

बोहराको श्रीनगरमा रहेको सारदा मेट्रोमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अन्य तीन महिला भने सकुसल छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.