|

विराटनगर : भारतसँग सीमा जोडिएको मोरङ जिल्लामा यसवर्षको होली पर्वलाई घर भित्रै सिमित राख्न प्रहरीले आग्रह गरेको छ।

भारतमा दोस्रो लहरको कोरोना संक्रमणको जोखिम उच्च बन्दै गएपछि होली विशेष सुरक्षा योजना अन्तर्गत सार्वजानिक क्षेत्रमा हुने भीडभाड र जमघटलाई प्रहरीले नियन्त्रण गर्दै विशेष सावधानीपूर्वक होली खेल्न अनुरोध गरेको हो।  

होलीलाई मध्यनजर गर्दै प्रहरीले विशेष निगरानी र सुरक्षा चेकजाँचलाई कडाई गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए। खड्काका अनुसार प्रहरीले पैदल, साइकल, मोटरसाइकल र चारपाङग्रे सवारीमार्फत गस्ती गर्नेछ।

तत्काल आवश्यक परेको खण्डमा क्वीक रेस्पोन्स टोली दिए।  प्रदेश १ को राजधानी विराटनगरमा नियमित प्रहरी बाहेक एक सय जना प्रहरी थप गरेर सुरक्षा सतर्कता बढाइने उनले जानकारी दिए।

‘घरभित्रै परिवारसँग बसेर होली खेल्न हामीले अनुरोध गरिरहेका छौं’ खड्काले भने,‘मादक पदार्थ तथा लागु औषध सेवन गरेर हिँडेको पाइएमा प्रचलित कानुन अनुसार कारवाही गर्नेछौं।’ प्रहरीले अपरिचित महिला तथा बालबालिकामाथि अबिर लगाउने र लोला हान्ने व्यवहारलाई पूर्णरुपमा नियन्त्रण गर्ने जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.