|

काठमाडाैं : शुक्रबार दिउँसोदेखि एक्कासि तुवाँलोले ढाकिएको देशको अधिकांश भागको आकाश अझै सफा हुन सकेको छैन। 

तुवाँलोका कारण उपत्यकालगायत देशभरका अधिकांश स्थानमा घाम लागेको छैन भने हावा पनि चलेको छैन। वायुमण्डल धुमिल भएको छ। भिजिबिलिटीमा पनि कमी आएको छ।

आइतबार दिउँसो काठमाडौंको चन्द्रागिरि डाँडामा पुग्दा उपत्यका पूर्ण रुपमा धुमिल देखिएको छ। भिजिबिलिटीअन्यन्तै न्यून देखिएको छ। त्यस्तै उपत्यका बाहिरको दृश्य पनि धुमिल देखिएको छ।

आकाश पूर्ण रुपमा तुवाँलोले ढाकिएको छ। नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारण प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई घटेको भिजिबिलिटी छ।

वातावरणमा आएको परिवर्तनले जनजीवन पनि प्रभावित भएको छ। वायुमण्डलमा वायुको गुणस्तर सूचकांक अत्याधिक बढेका कारण तुवाँलो देखिएको वातावरण विभागअन्तर्गत वायु गुणस्तर मापन केन्द्रले बताएको छ।

प्रदूषित वायुमण्डल सफा हुन हावा चल्नुपर्ने अथवा पानी पर्नुपर्ने विज्ञहरूले बताएका छन्। केही दिनयता धेरै किसिमको प्रदूषण मिसिएका कारणले सर्वसाधारणले आँखा पोलेको महसुस गरेका छन्।

प्रदूषणको असरबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनु परेमा मास्क लगाउन हुन तथा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.