|

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले रंगहरूको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाका तीनै जिल्लामा ९०० बढी ट्राफिक प्रहरी खटाएर कडाइसाथ चेकजाँच गरेको छ।

दुर्घटनारहित होली पर्व बनाउन महाशाखाले ट्राफिक व्यवस्थापन योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गरेको हो। महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ९० बढी स्थानहरूमा चेक प्वाइन्टहरू राखेर बिहान ६ बजेदेखि नै कडा चेकजाँचको व्यवस्था मिलाएको छ।

होलीमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरी सवारी चलाउने, नसालु पदार्थको सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर चेकिङलाई कडा बनाइएको  भट्टराईले बताए। जसको बाबजुद भने केही छिटफुट दुर्घटना भएका उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.