|

धनगढी : कैलालीमा प्रहरीले फागु पूर्णिमा अर्थात् होली पर्वलाई लक्षित गरेर निगरानी बढाएको छ। होलीका बेला सवारी साधनको दुरुपयोग गरेर हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई मध्यनजर गर्दै प्रहरीले निगरानी बढाएको हो।

चाडपर्वका बेला हुनसक्ने सवारी दुर्घटनालाई ध्यानमा राखेर चेकजाँच बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले भने, आइतबार मात्र करिब तीन हजार सवारी साधनमाथि चेकजाँच गरिएको छ।

ती मध्ये ट्राफिक नियम उलंघन गर्ने  एक सय ४१  वटा सवारी साधन कारबाहीमा परेका छन्।’ ३४ सवारी साधनका कागजपत्र नियन्त्रणमा लिएर ट्राफिक नियमको उलंघन गर्ने सवारी साधनका चालकमाथि कारवाही गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

कारबाहीमा परेका सवारीसाधनबाट ५९ हजार आठ सय रुपैयाँ राजश्व संकलन भएको उनले बताए। प्रहरीले जिल्लाका १६ स्थानमा सरप्राइज चेकिङ गरेको थियो। प्रहरीले भोलि पनि चेकजाँचलाई निरन्तरता दिइने जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.