|

काठमाडौं : चीनले अनुदानमा दिने आठ लाख डोज कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ। यो खोप सोमबार बिहान ८ बजेर ३५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने विमानस्थल नेपाल वायु सेवा  निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्। 

यो खोप शनिबार नै चीनको राजधानी बेइजिङ आइपुगेको थियो। नेपाल वायुसेवा निगमको जहाज  खोप लिन आइतबार साँझ त्यसतर्फ गएको थियो।  यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत कोरोना खोपस्वीकार गर्ने निर्णय गरेको थियो।

सो सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख कोभिडविरुद्धको खोप लिएर जहाज आज आइपुग्ने भएको हो।  

निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.