|

बागलुङ : बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही हताहती आशंका गरिएको छ। 

दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्ण बहादुर खत्रीले बताए। गुल्मी, बागलुङ र प्युठानकोसमेत सीमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप भएको हो। जहाँ केही घाइते भएको हुन सक्ने खत्रीले बताए। 

घटनास्थल मानवबस्तीभन्दा केही टाढा भएकाले पूरा विवरण आउन सकेको छैन। त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न सकेका छैनन्। 

आइतबार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करिब ६ सय जना उपस्थित भएका थिए। स्थानीयका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका– ७ र बडिगाड–१० का केही युवा बेपत्ता भएका आशंका गरिएको छ।

स्थानीय भन्छन्, ‘भैंसी चरण गर्ने भीर हो, १० देखि १५ जना त्यहाँबाट पल्टिएको भन्न छ, अहिले पनि खोजी कार्य भइरहेको छ।’ घटनापछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको इलाका प्रहरी कार्यालय भीमगिठेले जनाएको छ।

विस्तृत विवरण आउँन बाँकी छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.