|

काठमाडौं : इन्जिनियरको खातामा घुसबापत साढे ३७ लाख रुपैयाँ जम्मा गर्नेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजन इन्जिनियर सुवास बस्नेतको खातामा घुसबापतको रकम जम्मा गर्ने उमानाथ खतिवडाविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार इन्जिनियर बस्नेतविरुद्ध चलिरहेको मुद्दामा वकपत्र गर्दा अनुसन्धानको सिलसिलामा गरेको वयान कागजको व्यहोरालाई अन्यथा हुने गरी प्रतिकुल वकपत्र गरेको भन्दै अख्तियारले खतिवडाविरुद्ध मुद्दा दायर गरिएको हो।

खतिवडाले झापाको गौरीगञ्ज गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माण एवं थप काम गर्नको लागि बस्नेतले उपलब्ध गराएको बैंकको खातामा पटक–पटक गरी उक्त रकम जम्मा गरेको खुलेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए। 


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.