|

काठमाडाैं : दशरथ रंगशालामा जारी त्रिदेशीय फुटबल कपअन्तर्गत फाइनलमा पहिलो हाफ सकिँदा नेपाल बंगलादेशविरुद्ध २–० ले अघि छ। साढे पाँच बजे सुरु भएको खेलको पहिलो हाफको १८ मिनेटमा नेपालका लागि संजोग राईले पहिलो गोल गरेका छन्। 

त्यस्तै पहिलो हाफ सकिन ३ मिनेट बाँकी छँदा नेपालका लागि विशाल राईले दोस्रो गोल गरेका थिए। नेपालले यस प्रतियोगितामा भएका तीन खेलमा जित निकाल्न सकेको छैन। बराबरी गर्दै नेपाल फाइनलसम्म पुगेको हो। यसअघि किर्गिस्तानको २३ वर्षमुनिको टोलीसँग नेपाल गोलरहित बराबरीमा रोकिएको थियो। 

नेपालले पछिल्ला ८ खेलमा गोल गर्न सकेको थिएन। जारी खेलकुद हेर्न प्रधानमन्त्री केपी ओलीसँगै अन्य विशिष्ट व्यक्तित्व दशरथ रंगशाला पुगेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.