|

बैतडी : शंकास्पद रुपमा भेटिएका बैतडीको दोगडाकेदार गाउँपालिका-७ का वडा अध्यक्ष भरत महरामाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले अनुसन्धान थालेको छ।

अभद्र व्यवहार गरेको जाहेरी आएपछि प्रहरीले सोमबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर अनुसन्धान शुरु जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

सोही गाउँपालिका–६ की एक एकल महिलाको घरमा चैत्र १२ गते शंकास्पद रुपमा भेटिएका महरालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। तिनै महिलासँग चैत ५ गते एक होटलमा भेटिएका वडा अध्यक्ष महरालाई प्रहरीले पक्राउ गरेको थियो। त्यो बेला महराकी श्रीमतीले नै प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीले परिवारको सहमतिमा वडा अध्यक्ष महरालाई रिहा गरेको थियो।

त्यसको एकसाता नबित्दै उनै महिलासँग महरा फेरी भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। दुवै जनामाथि अभद्र व्यवहारमा जाहेरी दर्ता भएकाले सोही अनुसार प्रहरीले अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। पटक-पटक महिलासँग शंकास्पद रुपमा भेटिने वडा अध्यक्षले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने स्थानीयले माग गरिरहेका छन्। महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा वडाअध्यक्ष निर्वाचित भएका हुन्।  

 


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.