|

मान्छेले जेमा पनि भारतको हात देख्छ मन्ने मलाई लाग्थ्यो अलिअलि। तर त्यसले सानो लगानी गरेर ठूलो प्रतिफल लिँदोरहेछ भन्नेमा यसपालि ढुक्कै भएँ।

जय होस् लड्डुमा बिक्ने हाम्रा नेताहरूलाई। मैले माधव र प्रचण्डले लड्डु खानुभएको प्रसंग उठाउन खोजेको होइन। उहाँहरूले टिभीमै देखाएर मनोरन्जन गर्नुभएको थियो।

लड्डु खाने तर लुकाउने चलनले पो हामीलाई पिरलो पारेको रहेछ। यसपालिको खेल (प्रधानमन्त्रीविरुद्ध) मा प्रतिखेल पनि उही केन्द्रबाट भएको रहेछ। कुरो के रहेछ भने प्रधानमन्त्री केपीले जिते पनि हारे पनि नाफा चाहिँ दिल्ली दरबारतिरै पुग्ने रहेछ। त्यसैले त नेपालका सबै पार्टीहरूको परिचय तेस्रो लिंगी भएको रहेछ।  

इतिहासले बेवारिसे पारेर लिम्पियाधुरा त अहिलेसम्म फिर्ता लिन सकेका छैनौं भने हामीले ठूला कुरा गरेर के हुन्छ र? त्यसैले भारतले भन्नुपर्यो खुलेरै – नेपालले कस्तो बलिदान दिनुपर्यो भारतका लागि? हामी आफ्नो सार्वभौमिकता र स्वतन्त्रतालाई जोगाउन जस्तो त्याग गर्न पनि तयार छौं।

गरिब मुलुकहरू कहिल्यै स्वतन्त्र हुन पाउँदैनन्। स्वतन्त्र हुन उत्तर कोरियाका नेता र जनताको जस्तै आँट चाहिने रहेछ। दक्षिण एशियाबाट भागेर जान मिल्ने हामी युरोप यो पूर्वी एशियातिर भागेर जान्थ्यौं होला। तर भूगोल ट्वाक्क टिपेर लान मिल्दैन।

भारतले जति दु:ख दिए पनि दक्षिण एशियाबाट हामी उत्तरी युरोपतिर जान सक्दैनौं। हामी बढीमा के मात्र सक्छौं भने भारतको सबै छिमेकीसित सम्बन्ध बिग्रिएको वर्तमान अवस्थामा, बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, मालदिभ्स मिलेर भारतको दादागिरीविरुद्ध मोर्चा खोल्न सकिन्छ कि भन्ने हो।

तर, दिल्लीले जसरी नेपालमा आफ्नो गोठालालाई मिलाएर राखेको छ, त्यसरी नै अरू मुलुकमा पनि राखेको हुन सक्छ। नेपाल दक्षिण एशियाको सबभन्दा पुरानो र स्वतन्त्र देश हो। अरू त करिब-करिब बेलायतले भारतको भागबण्डा गरेकै मुलुक न हुन्। पाकिस्तान, बांगलादेश, त भारतबाटै अलग्गिएका देश हुन्।

उत्तराखण्ड, बेलायतले छोडेपछि अलपत्रिएको भूखण्ड हो। सिक्किम, दार्जिलिङ र उत्तराखण्ड भारत होइन, नेपालका भूभाग हुन् भन्ने सत्य प्रष्ट हुन थालेपछि ती भूखण्डका नागरिकहरू पनि अनागरिकको व्यवहार भोग्न बाध्य भएका छन्।

यो पीडाको उद्वघोष मैले भारतीय विश्वविद्यालयका नेपाली भाषी प्राध्यापक मित्रहरूबाट सुनेको छु। ‘दिल्ली सरकारका लागि हामी हिजो अस्ति बंगलादेशबाट आएका बंगालीभन्दा पनि टाढा छौँ। अरू समुदायका मान्छेले कुनै अपराध गर्‍यो भने त्यो, फगत उसको व्यक्तिगत अपराध हुन्छ। तर, नेपाली मूलका भारतीयले जति सानो गल्ती गरे पनि त्यो गोरखा समुदायको गल्ती वा अपराध हुन्छ।’ मैले पढेको र सुनेको कुरो हो यो।

दीपक जैसीले चालिस वर्ष विना छानविन भारतीय कारगारमा बसेर हालै नेपाल फर्केका इलामका दीपक जैसी त्यसको ज्यूदो उदाहरण हुन्। भारतले नेपाल सबैभन्दा नजिकको मित्र र विश्वको सबैभन्दा ठूलो प्रजातन्त्र भन्नु सुक्‍खा खोकी मात्रै हो।

आखिर के चाहन्छ भारत हामीबाट? नेपालीहरू सबै बिख खाएर मरून्? त्यो हो भने पनि आउनुपर्यो सिधासिधी। हामी कुनै छदम व्यवहार गर्ने गरेका छैनौं। हामी जे गछौँ, देखादेखी गर्छाैं। हामीले भनेका छौं परमाणु हतियार बोक्ने भरतसित लड्ने हाम्रो कुनै योजना छैन। हामी तिनका विरुद्ध गुरिल्ला वार पनि चलाउन सक्दैनौं, सुरुङ युद्ध पनि सञ्चा‍लन गर्न सक्दैनौँ।

भारतले एकएक इञ्चको लोभ गरेर हाम्रो मातृभूमिको छाती छियाछिया बनाउँदा पनि हामीले त्यसको विरुद्धमा केही गर्न सकेका छैनौं। इतिहासले बेवारिसे पारेर लिम्पियाधुरा त अहिलेसम्म फिर्ता लिन सकेका छैनौं भने हामीले ठूला कुरा गरेर के हुन्छ र? त्यसैले भारतले भन्नुपर्‍यो खुलेरै – नेपालले कस्तो बलिदान दिनुपर्यो भारतका लागि? हामी आफ्नो सार्वभौमिकता र स्वतन्त्रतालाई जोगाउन जस्तो त्याग गर्न पनि तयार छौं।

५० वर्ष अघिसम्म मधेसी भनेका भारतीय हुन् भन्ने मानसिकता थियो सर्वसाधारण नेपालीमा। तराईमा बस्नेहरूका लागि पनि काठमाडौं भन्दा दिल्ली नजिक थियो। नेपालको पूर्वपश्चिम महेन्द्र राजमार्ग खुलेपछि तराई जागरणको आरम्भ भयो।

भारतको मिचाहापनको शिकार सबैभन्दा उनीहरूलाई नै सताउँछ भन्ने कुरा बुझ्ने सम्भा‍वना बढेपछि भारतले पार्टीमा औँलो छिरायो। खालि तराईका पार्टीहरूमा मात्र हात छिराएन त्यसले। एउटा गम्भीर अन्तरविरोधको सिर्जना गरायो मधेशी र पहाडी भनेर। मान्छे पहाडिया भए पनि मिलेरै बसेका थिए।

नेपाली-नेपालीबीचको मिलाप दिल्लीका लागि असह्‍य भयो र तराईका जमिन्दारहरूलाई पार्टी बनाउन, चलाउन सिकाउन थाल्यो। तर, विद्यार्थी त्यस्ता अब्बल थिएनन्। त्यसैले उनीहरूले जनतालाई भन्दा मधेशका मध्यमवर्गीय वुद्धिजीवीलाई पार्टीको वरिपरि ल्याए। तराईका श्रमजीवी र गरिबहरूलाई उनीहरूको लक्ष्यमा परेनन्। 

नेपाल सधैंभरिको स्वतन्त्र र सार्वभौम नागरिक हौं र हामी यस्तै रहन चाहन्छौं। दिल्ली र दिल्लीका नेपाली कर्मचारीले के चाहिँ थाहा पाउनुपर्छ भने नेपालीहरू अनि सहन सक्छन् तर अतिचार सहन सक्दैनन्।

अब जाऊँ वर्तमान राजनीतितिर। अहिलेको सरकार भारतविरोधी होइन। अलि बढी काम गरेको हुनाले यसको खुट्टा ठाउँमा ल्याउन खोजेको मात्र हो।

नेपालमा जोसुकै बनून् प्रधानमन्त्री, तिनहरू भारतको घेरा चिरेर बाहिर जान सक्दैनन्। शेरबहादुर देउवाको पनि खुट्टी देखिएकै हो। बाँकी माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईको देशप्रेम पनि देखिएकै हो। यी सबै इतिहासमा टेस्टेड भइसकेका मान्छे हुन्।

अहिले हामीलाई त्यस्ता मान्छे चाहिएको छ – जो वार्तामा बस्दा आफ्नो कुरो जस्ताको तस्तै राख्न सकोस्। प्रमाण देखाएर बोल्न सकोस्। दक्षिण एशियामा उनीहरूको सबैभन्दा नजिकको मित्र नेपालबाहेक अरू कोही छैन भन्न सकोस्। तर, जसरी हिजो नेपाल स्वतन्त्र थियो त्यसरी नै भोलि पनि स्वतन्त्र रहिरहन चाहन्छन् भनेर बुझाउन सकोस्।

मैले यसो भन्न किन चाहेको भने लक्ष्मणपुर बाँध, रसियाखुर्दलोटन बाँध निर्माणमा हाम्रै कर्मचारीतन्त्र चुकेको रहेछ भन्ने कुराको जानकारी मैले संसदमा पुगेपछि थाहा पाएको हुँ। पेलाहा त छँदैछ भारत ! झन् यताबाट वार्तामा बस्नेहरूले ‘ठीक छ’ भनेर सहीछाप लगाउने बानी बसाएपछि राष्ट्रको जयगान गाउनेहरूले कहाँबाट पाउन् मनको शान्ति।

नेपाल सधैंभरिको स्वतन्त्र र सार्वभौम नागरिक हौं र हामी यस्तै रहिन चाहन्छौं। दिल्ली र दिल्लीका नेपाली कर्मचारीले के चाहिँ थाहा पाउनुपर्छ भने नेपालीहरू अनि सहन सक्छन् तर अतिचार सहन सक्दैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.