|

जाजरकोट : चट्याङले क्षति पुर्‍याएको टेलिफोनको टावर मर्मत नहुँदा डोल्पाको मुड्केचुला गाउँपालिकाका सर्वसाधरण दुई सातादेखि सञ्चार सेवाबाट बञ्चित भएका छन्। जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका–५, अदलेखमा  रहेको  नेपाल टेलिकमको टावरमा चट्याङले क्षति गरेको थियो।

टावर मर्मतका लागि नेपाल टेलिकम क्षेत्रीय कार्यालय   नेपालगञ्जलाई जानकारी गराए पनि अहिलेसम्म मर्मत नभएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए।

नेपाल टेलिकम क्षेत्रीय कार्यालयका उपनिर्देशक शिव खनालले मर्मतका लागि टोली पठाउने तयारी भइरहेको बताए। यसका साथै उक्त स्थानभन्दा माथि लेकमा  रेडियो लिङ्कबाट मोबाइल र टेलिफोन सञ्चालनका  लागि रेडियो लिङ्क जडान भइरहेकाले मर्मतमा ढिलाइ भएको क्षेत्रीय उपनिर्देशक खनालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.