|

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले युवा संघको नयाँ भवन उद्घाटन गरेका छन्।

युवा संघ नेपालको केन्द्रीय कार्यालय बुद्धनगरमा भवन उद्घाटन गरिएको छ। नेपाल पक्षले समानान्तर गठन गरेसँगै युवासंघको कार्यालय खोलेको हो। 

उद्घाटन तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘केपी ओली समाधान होइनन्। उनी समस्या मात्रै हुन्। उनको इतिहास हेर्ने हो भने उनी आन्दोलन न संगठन गरेका गरेका मान्छे हुन्।’

अदालतको निर्णय मान्नुपर्ने भएकाले अदालतको निर्णयमा सहमत नभएको उनको भनाइ थियो। नेता नेपालले अब दोस्रो काम भनेको पार्टी कार्यालय खोजिने बताए।त्यस्तै ओलीनिकट एमालेले भने थापाथलीमा पार्टी कार्यालय खोजिसकेको छ। कार्यकार्ताबाट मुठीदान संकलन गरेर पार्टी सञ्चालन गर्ने पनि नेता नेपालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.