चीन जाने तयारीमा रहेकाहरू मुख्य प्राथमिकतामा

|

काठमाडौं : चीनले अनुदानस्वरूप दिएको सिनोफार्म कम्पनीले उत्पादन गरेको ‘सेरोभेल’को गुज्रिने म्याद दुई वर्षको छ। 

चीनले दिएको यो ८ लाख डोज खोप टेकुस्थित कोल्डरुममा ठाउँ नपुगेपछि एयरपोर्ट भन्सारमा बनाइएको अर्को कोल्डरुममा भण्डारण गरिएको आपूर्ति व्यवस्थापन शाखा प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए। हाल टेकुको भण्डार कक्षमा ३ लाख २५ हजार र ४ लाख ७५ हजार विमानस्थलकै कोल्डरुममा राखिएको उनले बताए।

कोभिसिल्ड एक भाइलमा १० डोज खोप हुने भए पनि  चिनियाँ खोप भने एक भाइलमा एक डोज मात्रै रहँदा भण्डारका लागि ठाउँ धेरै आवश्यकता पर्ने भएकाले टेकुको भण्डार कक्षमा ठाउँ नपुगेको बताइन्छ।

टेकुको भण्डार कक्षमा अहिले दोस्रो डोज लगाउनका लागि भण्डारण गरी राखिएको १३ हजार भाइल ९१ लाख ३० हजार डोज कोभिसिल्ड रहेको बताइएको छ। त्यही करिब साढे ५ लाख डोजमध्ये अरू प्रदेश तहमा पठाइसकिएको बताइएको छ।

सिनोफार्मको सेरोभेलदुई वर्षसम्म लगाउन मिल्ने

चीनले अनुदानस्वरूप दिएको सिनोफार्म  कम्पनीले उपत्पादन गरेको  ‘सेरोभेल’ को डेट दुई वर्षसम्म रहेको हुँदा यो खोप दुई वर्षसम्म लगाउन मिल्ने समय रहेको भए पनि स्टोर गर्दा ठाउँ धेरै लिने हुँदा सरकारले सकेसम्म छिटो लगाउने तयारी गरेको समेत बताइएको छ।

चीन जाने तयारीमा रहेकाहरू मुख्य प्राथमिकतामा

चीनले दिएको खोप लगाउने मुख्य प्राथामिकतामा चीन विभिन्न कारणले चीन जाने तयारीमा रहेकाहरूलाई  खोपको मुख्य प्राथमिकतामा राखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले ४० वर्षदेखि ५९ वर्षसम्मकालाई खोप दिइने निर्णय गरे पनि यसको मुख्य प्राथमिकतामा विभिन्न कारणले चीनको भ्रमणको तयारीमा रहेकाहरूलाई मुख्य प्राथमिकतामा राखिने बताइएको छ। यसअघि चीनले आफ्नो देशको भ्रमणमा जान तयारी गरेकाहरूले चीनमै उत्पादन भएको कोरोनाविरुद्धको खोप लगाएको प्रमाण पेश गर्नु पर्ने समेत बताइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.