|

काठमाडौं :  हरित नेपालले देशमा लागेको डढेलो वायु प्रदूषणले जनस्वास्थ्यमा संकट परेको भन्दै शुक्रबार प्रदर्शन गरेको छ।

‘वातावरण मन्त्रालय हराएको सूचना’सहित प्रदर्शनकारी सिंहदरबारको पश्चिम गेटमा पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। जलवायु संकट वा जनस्वास्थ्य संकट घोषणा गर्नुपर्ने उनीहरुको माग छ।

सिहंदरबार अगाडि पुगेका  १३ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। देशभर बिहिबार १९ जिल्लाको ५९ वटा वनमा डढेलो लागेको थियो। केही दिनयता सुक्खा बढेपछि आगलागी हुँदै गएको छ। बुधबारभन्दा बिहिबार कम आगलागी भएको छ। बुधबार राति वर्षा भएकोले आगलागी कम भएको हो।

डोटी ११, अछाम १,बझाङ १,बाँके, बारा १, बर्दिया १,चितवन ३,डडेलधुरा ७,दैलेख ४, गुल्मी ३,जाजरकोट २, जुम्ला १,कैलाली १,पर्सा ३,रुपन्देही २,सल्यान ८,सुनसरी ३ र सुर्खेतको ६ ठाउँमा आगलागी भइरहेको वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत वन डढेलो पहिचान प्रणालीले जानकारी दिएको छ।

बुधबार २९ जिल्लाको ८४ ठाउँमा वनमा आगलागी भएको थियो।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.