|

उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको छ। युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडिएफ) ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार आक्रमण भएको हो।

 त्यस आक्रमणमा परेर कम्तीमा पनि २९ जना सर्वसाधारण नागरिकको ज्यान गएको हो। प्रशासनले सो क्षेत्रमा कम्तीमा पनि २५ जना सर्वसाधारणको शव भेटिएको जानकारी दिएको छ। ती नागरिकहरु सो क्षेत्रका स्थानीय हुन्।

उक्त घटनामा चार जना विद्रोही पनि मारिएका छन्। ती विद्रोहीहरु गाउँलेले प्रतिकार गर्ने क्रममा ज्यान गएको हो। सो क्षेत्रमा अरु कम्तीमा पनि ५० जना सर्वसाधारण हराएका छन्। उनीहरुलाई ती विद्रोहीहरुले अपहरण गरेर लगेका सैनिक स्रोतले जनाएको छ। हत्याको कारण खुल्न सकेको छैन। सैनिकले ती हत्याराहरुको खोजी जारी रहेको पनि बताएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.