|

माल्दिभ्सको राजधानी मालेमा एक महिनादेखि लगाइएको कर्फ्यु हटाइएपछि शनिबारदेखि बजार तथा शिक्षण संस्थाहरु खुलेका छन्।

 गत मार्च ४ तारिखदेखि माल्दिभ्सको राजधानी मालेमा कर्फ्यु लगाइएको थियो। स्वास्थ्य सुरक्षा निकायले कोभिड १९ को संक्रमण बढेको भन्दै मालेमा कर्फ्यु आदेशको घोषणा गरेको थियो।

राजधानी सहरमा लगाइएको कर्फ्यु गएरातिदेखि अन्त्य गरिएको स्वास्थ्य सुरक्षा निकायले शुक्रबार जानकारी दिएको हो। बिहीबार साँझ प्रकाशन गरेको सूचनामा बिहीबार राति ११ बजेदेखि बिहान ४ :३० बजेसम्मका लागि लागू गरिएको कर्फ्यु हटाइएको जनाइएको छ।

कोरोना भाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले गएको मार्च महिनाको ४ तारिखदेखि यहाँ कर्फ्यु लगाइएको थियो। आजदेखि हटेपछि प्राथमिक विद्यालय, नर्सरी, डे केयर, जिम, विश्वविद्यालय, चलचित्र घरलगायत पून सुचारु हुनेछ।

सरकारले अब राजधानी मालेमा यी सबै सेवा सञ्चालन गर्न दिए पनि कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी मापदण्डहरु भने पालना गर्नुपर्ने व्यवस्था गरेको छ। माल्दिभ्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म करिब २४ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.