काठमाडाैं : नायिका प्रियंका कार्कीले आज साँझ फेसबुकमा आफू गर्भवती भएको पोस्ट गरेकी छन्। उनले आज (शुक्रबार) साँझ सवा सात बजे पति आयुष्मान देशराज जोशीसँगको सादा फोटो सेयर गरेकी हुन्।
कार्कीले 'अब तपाईंले सोध्न रोक्नुपर्छ, हो हामी गर्भवती छाैं' लेखेकी छन्। अंग्रेजीमा लेखेर गरिएको पोस्टमा धेरैले लाइक कमेन्ट गरेका छन्। यो समाचार तयार पार्दासम्म उनले पोस्ट गरेको दुई घण्टा भएको छ। उक्त पोस्टमा ६२ हजार भन्दा बढी लाइक आएको छ। त्यस्तै अन्य बेलाको भन्दा यस पोस्ट कमेन्ट पनि बढी आएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।