|

चर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकरलाई अस्पताल भर्ना गरिएको छ।

कोरोना भाइरसबाट सङ्क्रमित भएको पाँच दिनपछि उनी अस्पताल भर्ना भएका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्। उनको स्वास्थ्य अवस्था झन् झन् बिग्रिँदै गएपछि थप उपचारको आवश्यकता रहेको भन्दै चिकित्सकहरुले अस्पताल भर्ना हुन सुझाव दिएका थिए।   

खेलाडी तेन्दुलकर कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि उनका परिवारजनको परीक्षण गर्दा भने सङ्क्रमण नभएको देखिएको छ। शुक्रबार उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका थिए– 'मेरो स्वास्थ्यप्रति चिन्ता र चासो जनाउँदै स्वास्थ्य लाभको कामना गर्नुभएका सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु।' 

चिकित्सकहरुको सुझावका आधारमा आफू अस्पताल भर्ना भएको र आफू चाँडै नै निको भएर घर फर्किने विश्वाससमेत उनले व्यक्त गरे।

तेन्दुलकरले अरु सबैलाई सुरक्षित रहन र सतर्कता अपनाउन पनि सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.