|

छिमेकी देश भारतमा एकै दिन करिब ९० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भारतमा ८९ हजार १९ जनामा संक्रमण पुष्टि भएको हो।

यस अवधिमा भारतमा ७ हजार ८१३ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो समय पुनः उच्च दरमा संक्रमित फेला पर्न थालेपछि भारतीय अधिकारीहरुले चिन्ता प्रकट गर्दै सुरक्षित रहन आग्रह गरेका छन्।

यस्तै‚ ब्राजिलमा एकै दिन ६९ हजार ६६२ जना संक्रमित थपिँदा २ हराज ८०७ जना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा अमेरिकामा करिब ६७ हजार संक्रमित थपिँदा ९१२ जनाको मृत्यु भएको छ।

यसैगरी फ्रान्समा थप ४६ हजार ६००, टर्कीमा ४२ हजार ३००, पोल्याण्डमा ३० हजार ५०० र जर्मनीमा १८ हजार २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.