|

बंगलादेशमा कोरोना संक्रमण बढदै गएकोले एक साताको लागि लकडाउन हुने भएको छ। बंगलादेश सरकारका राज्यमन्त्री फरहाद हुसैनले एक साताको लागि सोमबार वा मंगलबारदेखि लकडाउन हुन सक्ने बताएका छन्। उनले भने,' लकडाउनको औपचारिक घोषणा गर्न बाँकी समय भएकोले त्यसको तयारी गर्न समय दिएका छौ।'

अर्का मन्त्रीले स्थानीय सञ्चार माध्यममा सोमबारदेखि लकडाउन हुने बताएका छन्। आपतकालीन सेवालाई निरन्तरता दिने मन्त्री हुसैनले बताए। पछिल्लो सातादेखि बंगलादेशमा तिव्र रुपमा संक्रमण बढिरहेको छ। संक्रमण २० प्रतिशतका दरले बढिरहेका छन्। शुक्रबार ३० जनाको परीक्षण गर्दा ६६ सयमा कोरोना पुष्टि भएको थियो।

२४ घण्टामा कोभिड संक्रमणको कारण बंगलादेशमा ५० जनाको मृत्यु भएको हो। पछिल्लो समय कोरोना बढेसँगै तीन महिनासम्म लकडाउन भएको थियो। गत वर्ष अप्रिल २०२० मा लकडाउन भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.