|

डोल्पा : काठमाडौंमा सक्रिय संघ संस्था र सामाजिक अभियान्ताहरूले दुर्गम डोल्पाको एक विद्यालयलाई कापी, कलमलगायतका शैक्षिक सामग्री सहयोग गरेका छन्।

त्रिपुरासुन्दरी नगरपालिका १ अन्तर्गत त्रिपुराकोटमा पर्ने त्रिपुरा मावि काटियाँचौरका एक सय बिद्यार्थीलाइ पुग्ने गरी शैक्षिक सामग्रीहरु सहयोग गरिएको हो।

लामो समयदेखि सामाजिक कार्यमा सक्रिय संस्था र अभियान्ताहरुले ३० हजार ६ सय रकम संकलन गरी आठसय थान कपी,कलम पेन्सिल लगायतका सामग्री सहयोग गरेको विद्यालयले जनाएको छ।

शैक्षिक सामग्री खरिदका लागि ज्वेलरी स्कुल एण्ड प्रोडक्सन हाउस, राष्ट्रिय दलित कल्याण संघ तथा सामाजाकि अभियन्ता तीर्थ विश्वकर्मा, मोहन विश्वकर्मा, शम्सेर नेपाली, तुलसा लामिछाने, सविना भट्टराई,कमला हेमचुरी, जज एभ्रेष्टले व्यक्तित सहयोग गरेको शिक्षक मनबहादुर सार्कीले बताए।

त्यसैगरि प्युठान निवासी सामाजिक अभियान्ता शम्सेर नेपालीले विद्यालयको नाम अंकित विद्यालय पोशाकसँग लगाउन मिल्ने एक सय थान टाई र एक सय थान पेटी सहयोग गरको उनले बताए।

सहयोग रुपमा प्राप्त कापी, कलम, टाई, पेटी लगायतका सामग्रीहरु जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, अभिभावक तथा सरोकारवालाहरुको उपस्थितिमा वितरण गरिसकिएको विद्यालयका प्रअ रमानन्द उपाध्यायले बताए।

कक्षा १ देखि १० सम्म अध्ययनरत एक सय विद्यार्थीलाई प्रति विद्यार्थी ८ थान कपी, एक कलम,एक पेन्सिल दरले वितरण गरिएको उपाध्यायको भनाइ छ।

दुर्गम जिल्लाको एक विद्यालयमा अध्ययनत विद्यार्थीको सुनौलो भविश्यको कामना गरेर सहयोग गरेको भन्दै विद्यालयले सहयोगी संस्था र अभियान्ताप्रति आभार प्रकट गरेको छ।

नि:शुल्क कापी, कलम र शैक्षिक सामग्री पाएपछि सम्पूर्ण विद्यार्थी तथा अभिभावक खुशी व्यक्त गर्नुका साथै धन्यवादसमेत दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.