|

अफगानिस्तानको सेनाले देशका दुई वटा उत्तरी प्रान्तहरूमा गरेको हवाई आक्रमणमा कम्तीमा ३५ जना तालिवानी लडाकु मारिएका छन्।

शुक्रबार राति गरिएको आक्रमणमा अरु ३३ जना लडाकु घाइते भएको अफगान रक्षा मन्त्रालयले पुष्टी गरेको छ। फरयाब प्रान्तमा २६ जना तालिबानी लडाकु मारिनुका साथै ३३ जना घाइते भएका छन्।

तालिवान समूहको गढ मानिएको गुर्जिवान जिल्लाको सर्चाकान गाउँमा सेनाले कारबाही गरेको रक्षा मन्त्रालयले जनाएको छ।

यस्तै, छिमेकी बाघलान प्रान्तमा नौ जना तालिबानी लडाकुको सैनिक कारबाहीमा मृत्यु भएको छ। मारिएकाहरूमा ६ जना तालिबानका डिभिजनल कमान्डरहरू पनि रहेका छन्।

सेनाले विद्रोही लडाकुबाट हातहतियार र धेरैवटा सवारी साधन पनि बरामद गरी ध्वस्त पारेको छ। यद्यपी तालिबान समूहले उक्त घटनाहरूका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.