|

काठमाडौं : सुदूरपश्चिम प्रदेशमा भर्खरै भारतबाट आएका तीन जनामा नयाँ किसिमको (न्यु भेरिएन्ट)कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित उनीहरूमा कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए।

उनले भने, ‘भर्खरै भारतबाट आएका तीन जनामा देखिएको कोरोना भाइरस  नयाँ खालको भेरिएन्ट भएको  पुष्टि भएको छ।' राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सो कुरा पुष्टि भएको उनले बताए।

 त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक-एक जनामा संक्रमण पुष्टि भएको बताइएको छ। नाकाबाट भित्रिएका २० जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा तीन जनामा नयाँ भेरियन्टको कोरोना देखिएको बताइएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका, डडेल्धुराको परशुराम नगरपालिका र डोटीको जोरायल गाउँपालिकाका ती संक्रमित हाल होम आइसोलेसनमा रहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.