|

धनकुटा : जिल्ला सदरमुकामको अन्तिम विन्दु चुलिबन क्षेत्रमा शनिबार अपराह्नदेखि भएको भीषण डढेलोबाट दुई घरमा जलेर नष्ट भएका छन्।

धनकुटा नगरपालिका–८ को टेकुनाला क्षेत्रबाट सल्किएको आगो ७ नं. वडाको मगर बस्ती र आसपास जोखिममा रहेको बढेको छ।

स्थानीय धनबहादुर पौडेल र इन्द्रबहादुर रसाइलीको दुई घर गोठ जलेको प्रहरीले जनाएको छ। अन्य जोखिममा रहेका घरबस्ती जोगाउन धनकुटाका दुईसहित धरान, विराटनगर, दमक, वसन्तपुरसहित ६ वटा दमकल प्रयोग गरिएका प्रहरी नायव उपरीक्षक सन्तु देशवारले जानकारी दिए। 

डढेलोले भीषण रूप लिएपछि स्थानीयबासी त्रसित भएका छन्। नेपाल सेना, सशस्त्र प्रहरी, तथा नेपाल प्रहरीका सयौं जनशक्ति परिचालन गरिएको छ। यस्तै, स्थानीयबासी समेत आगो नियन्त्रणमा खटिएका थिए। हावाको बेग उच्च रहेकोले क्षति बढी भएको धनकुटा–७ का वडाध्यक्ष जंगबहादुर राईले बताए। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.