|

काठमाडाैं : कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै बंगलादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ।

स्थानीय समयअनुसार अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरुले जनाएका छन्। बंगलादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलनमार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन्।

लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाँडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनले बताए। अत्यावश्यकलगायत कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारु हुन सक्ने अधिकारीहरुले बताएका छन्। 

बंगलादेशमा अहिलेसम्म ६ लाख ३० हजार २७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। तीमध्ये पाँच हजार ६८३ जना पछिल्लो एकै दिनमा सङ्क्रमित भएका हुन्।

पछिल्लो २४ घण्टामा बंगलादेशमा कोरोनाकै कारण मात्रै ५८ जनाको मृत्यु भएको छ। योसँगै बंगलादेशमा कोरोनाकै कारण मृत्यु भएकाको कूल सङ्ख्या नौ हजार २१३ पुगेको अधिकारीहरुले जनाएका छन्।  

त्यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो एक दिनमा २४ हजार ५४८ जनाको कोरोना परीक्षण गरेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.