|

काठमाडौं ः  गायक आदित्यनारायण दम्पतिलाई कोरोना संक्रमण भएको छ।  आदित्यले सामाजिक संजालमार्फत आफु र पत्नी श्वेतालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्।

उनले दुवै जना स्वास्थ्य प्रोटोकलको पालना गर्दै क्वारेन्टाइनमा रहेको जानकारी दिएका छन्। उनले सबैलाई ध्यान दिन र सुरक्षित रहन अपिल समेत गरेका छन्। 

हाल रियालिटी शो इण्डियन आइडलका होस्ट आदित्य संक्रमित भएपछि इण्डियन आइडलको शुटिग समेत रोकिएको बताइएको छ। अहिले सबै निर्णायक र प्रतिष्पर्धीको कोरोना टेस्ट भइरहेको र सोको नतिजा आएपछि फेरी शुटिंग हुने बताइएको छ।

बलिवुडमा पछिल्लो समय सेलिब्रेटीहरु कोरोनाको चपेटामा परेका छन्।  हालै मात्र अभिनेत्री आलिया भट्ट, अभिनेता कार्तिक आर्यन, मनोज बाजपेयी, परेश रावल, निर्देशक सतिश कौशिक, संजय लिला भंसालीलगायतलाई कोरोना संक्रमण भएको छ।

Hello all! Unfortunately, my wife Shweta & I have tested positive for Covid-19 & are in quarantine. Please stay safe, continue following protocol & do keep us in your prayers. This too shall pass ❤️

Posted by Aditya Narayan on Saturday, 3 April 2021

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.