|

काठमाडौं : गायिका टिका प्रसाई र गायक वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको गीत ‘फूल फुल्यो केशरी’ सार्वजनिक भएको छ। 

अमेरिका निवासी गीतकार पुष्कर पन्तको शब्द र राहुल प्रधानको संगीत रहेको गीतको भिडियोलाइ ओएसआर डिजिटलको युट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो। 

अष्ट्रेलियाको ब्रिसबेनमा अवस्थित ड्रिम फिटले निर्माण गरेको गीतको भिडियो आफ्नो अभिनय र नृत्यकलालाई अगाडि बढाइरहेका किरण मगर, निक्की श्रेष्ठ ,स्माइली श्रेष्ठ र किशोरी विष्टको नृत्य रहेको छ।

 किरण मगर र  निक्की श्रेष्ठद्वारा संचालित  ड्रिम फिटमा अमृता जी सी , स्माइली श्रेष्ठ र किशोरी बिस्ट मेम्बर रहेका छन जसको मुख्य उद्धेश्य नै नेपाली लोक नृत्यको जगेर्ना र डान्सरहरुलाई सहयोग गर्नु रहेको छ। 

सुदीप विष्टको सिनेमाटोग्राफी र सम्पादन रहेको भिडियोलाई किरण मगरको कोरियोग्राफी र निर्देशनमा तयार भएको हो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.