स्थानीय तहबाट दिइने सेवा सुविधामा रोक नलगाउँदा बेरुजु असुलमा समस्या

|

भद्रपुर :  झापाका सामुदायिक विद्यालयहरूमा २३ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ।

संघीय सरकारले विद्यालयको भौतिक संरचना निर्माणतर्फ लगानी गरेको ठूलो रकम बेरुजु देखिएको शिक्षा विकास तथा समन्वय समिति झापाले जनाएको छ। विद्यालयहरूले आर्थिक वर्ष २०६९/७० देखि ०७४/०७५ सम्मको भौतिकतर्फ बेरुजु रकम अझै फर्छ्यौट गरेका छैनन्। 

सरकारले विद्यालयको भवन निर्माण, मर्मत, भूकम्प प्रभावित मर्मत, शौचालय, खानेपानी, अस्थायी सिकाई केन्द्र, कक्षा कोठा पुनर्स्थापना लगायतको कार्यक्रममा लगानी गरेका थिए। 

विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिकै लापरबाहीले राज्यको करोडौँ रकम बेरुजु देखिएपछि शिक्षा विकास तथा समन्वय समिति झापाले सूचनामार्फत विद्यालयहरूको नामावली प्रकाशन गर्दै ताकेता गरेका छन्। 

साथै समन्वय समितिले १५ वटै स्थानीय तहका नगर शिक्षा, युवा तथा खेलकुद शाखालाई पत्राचार समेत गरेका छन्।  लामो समयसम्म विद्यालयहरूको बेरुजु रकम देखिएको र त्यस विषयमा समितिले पटक–पटक विद्यालयलाई ताकेता गर्दा समेत अटेरी गरेपछि विद्यालयहरूको नामावली नै प्रकाशन गरिएको शिक्षा विकास तथा समन्वय समिति झापाका इकाई प्रमुख राजकुमार विकले जानकारी दिए।

‘अहिले सबै विद्यालय स्थानीय तह अन्तरगत गइसकेको छ,’ इकाई प्रमुख विकले भने, त्यसैले पनि बेरुजु फर्छ्यौट गराउन समस्या भइरहेको छ, हामीले स्थानीय तहलाई बेरुजु फर्छ्योटका लागि पत्राचार गरिसकेका छौँ, ‘बेरुजु रकम देखिएका विद्यालयहरूलाई स्थानीय तहबाट दिने सेवा सुविधा लगायतका कार्यक्रममाथि रोक लगाउनु पर्छ, उनले भने, ‘स्थानीय तहहरूले कडाइ गरेपछि मात्र विद्यालयहरूले बेरुजु रकम फर्छ्यौट गर्न आउँछन्।’ 

शिक्षा मन्त्रालय र महालेखा परीक्षकको कार्यालयद्वारा विराटनगरमा केही महिनाअघि भएको कार्यक्रममा पनि शिक्षामा देखिएको बेरुजुबारे कुरा उठेको बताए। उनले भने, ‘त्यस कार्यक्रममा मन्त्रालय र महालेखा परीक्षकको कार्यालयले बेरुजु देखिएका विद्यालयको सेवा सुविधा कटौती गर्न जानकारी गराइसकेको छ।’ राज्यले विगत ३ वर्षयता जिल्लाका कुनै पनि विद्यालयलाई भौतिकतर्फ लगानी नगरेको उनले बताए। 

के हो बेरुजु?

सार्वजनिक आय र व्ययको कार्य प्रचलित कानुनी विधि प्रक्रिया पूरा नगरी गर्दा देखा पर्ने अनियमित रकमलाई बेरुजु भनिन्छ। यो आर्थिक कारोबारको हिनामिना हो, जसलाई आर्थिक अनुशासनहीनताको उपजको रुपमा पनि लिइन्छ।

यो प्रचलित कानुन बमोजिम पुर्याउनुपर्ने रित नपुर्‍याई कारोबार गरेको, राख्नु पर्ने लेखा नराखेको, बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकमकमल हो, जुन महालेखापरीक्षक लेखा परीक्षण गर्दा औँल्याएको हुन्छ। साथै महालेखापरीक्षकको कार्यालयबाट तोकिएको मलेप फाराम अनुसार लेखा नराख्नु र बजेट शीर्षक अनुसार खर्च नगर्नु, बजेट शीर्षकको सीमा उल्लङ्घन गर्नु हो। 
 
कुन स्थानीय तहका कुन विद्यालयमा कति बेरुजु 

भद्रपुर नगरपालिका : मर्मततर्फ भृकुटी प्रावि ५० हजार, मेची आधारभूत विद्यालय (आवि) ५० हजार, जनकल्याण आवि ५० हजार, दशरथपुर आवि ५० हजार, कलबलगुरी प्रावि ५० हजार, पशुपति प्रावि ५० हजार, जीवन ज्योति आवि ५० हजार, पशुपतिनाथ आवि ५० हजार, अरनिको मावि एक लाख, पृथ्वी आवि ५० हजार, गौतम बुद्ध प्रावि ५० हजार र २५ हजार, वीरेन्द्र मावि ५० हजार बेरुजु देखिएको छ।

त्यस्तै भवन निर्माणतर्फ चन्द्र भानु ज्योति मावि १८ लाख, दीपक प्रावि १६ लाख, सिँचाइ प्रावि १६ लाख, भद्रपुर उमावि ३६ लाख र २४ लाख, सिंहदेवी प्रावि ७ लाख ५० हजार, पृथ्वी आवि ५० हजार बेरुजु देखिएको छ।

त्यसैगरी शौचालयतर्फ भद्रपुर मावि ६ लाख, वीरेन्द्र मावि ६ लाख, सीता आवि ५० हजार, अरनिको आवि ४ लाख र अस्थायी सिकाई केन्द्रतर्फ भद्रपुर उमावि १ लाख ५० हजार, पुहाँतु जनज्योति मावि २ लाख ५० हजार, पशुपतिनाथ निमावि २५ हजार, कृष्ण प्रावि ६० हजार बेरुजु देखिएको छ। 

बिर्तामोड नगरपालिका : मर्मततर्फ वेद संस्कृत मावि ५०  हजार र २५ हजार, पञ्चरत्न मावि ५० हजार, हरिहर आश्रम गुरुकुल ५० हजार, शुक्रराज निमावि ३० हजार, भूकम्प मर्मत अधिकतर्फ महेन्द्र ज्योति उमावि २ लाख ५० हजार, विराट आवि २ लाख ५० हजार, महेन्द्र रत्न उमावि २ लाख ५० हजार र एक लाख, लक्ष्मीनारायण प्रावि ५० हजार, वीर अमरसिंह मावि एक लाख, अनारमनि प्रावि एक लाख बेरुजु देखिएको छ।

भवन निर्माणतर्फ देवी उमावि ३० लाख र १८ लाख, अनारमनि आवि १६ लाख, देवी मावि १८ लाख, दुर्गा मावि १६ लाख, वीर अमरसिंह मावि १६ लाख बेरुजु देखिएको छ। शौचालयतर्फ महेन्द्र ज्योति उमावि २ लाख ५० हजार, देवी उमावि २ लाख ५० हजार, देवी मावि ४ लाख, लक्ष्मी मावि ६ लाख, शुक्रराज आवि ६ लाख र बाहिरी वातावरणतर्फ महेन्द्र रत्न उमावि २ लाख ५० हजार बेरुजु देखिएको छ। 

मेचीनगर नगरपालिका : मर्मततर्फ कृष्ण प्रावि ५० हजार, अमर प्रावि ५० हजार, शान्ति प्रावि ५० हजार, जनता मावि ५० हजार, कृष्ण आवि ५० हजार, पवित्र आवि ५० हजार, सरस्वती मावि ५० हजार, देवी प्रावि ५० हजार, कालिका प्रावि ५० हजार, ज्ञानदिप प्रावि ५० हजार, मेची प्रावि ५० हजार, शिशु साक्षर आवि ५० हजार, लक्ष्मी प्रावि ५० हजार, अरनिको प्रावि ५० हजार, हरि आवि ५० हजार, बलभद्र आवि ४० हजार, मेची जनसाधारण उमावि ५० हजार बेरुजु देखिएको छ।

त्यस्तै भवन निर्माणतर्फ आदर्श मावि १८ लाख, कालिका आवि १६ लाख, महानन्द प्रावि १६ लाख, काँकडभिट्टा मावि १६ लाख, मेची जनसाधारण उमावि १३ लाख ५० हजार र १६ लाख बेरुजु देखिएको छ। शौचालयतर्फ जनता मावि ४ लाख, बाल विकास आवि २ लाख, मेची जनसाधारण मावि २ लाख, माधव संस्कृत विद्याश्रम प्रावि ६ लाख, सहिद दशरथचन्द्र मावि ६ लाख, सरस्वती बाल कल्याण मावि ६ लाख र कक्षा कोठा पुनर्स्थापनातर्फ देवी आवि ५० हजार, बलभद्र आवि एक लाख, भूकम्पबाट प्रभाविततर्फ दीपेन्द्र प्रावि २५ हजार बेरुजु देखिएको छ।  

अर्जुनधारा नगरपालिका : मर्मततर्फ भानु आवि एक लाख, कालिका संस्कृत विद्यापीठ ५० हजार, शनिश्चरे उमावि ५० हजार, भानु आवि २५ हजार, सरस्वती प्रावि ५० हजार, समाजसेवी प्रावि ५० हजार, बेलबेदा गुरुकुल प्रावि ५० हजार, बाल कल्याण प्रावि २५ हजार, बाल ज्योति प्रावि ५० हजार, प्राथमिक प्रावि ५० हजार, काली स्थान मावि ५० हजार, शिवनारायण प्रावि २५ हजार, लक्ष्मी प्रावि ५० हजार, अरुणोदय आवि ५० हजार, अर्जुनधारा मावि एक लाख, भानु आवि ५० हजार, अर्जुनधारा संस्कृत आदर्श मावि ५० हजार, नवज्योति प्रावि ५० हजार, जुनकिरी सामुदायिक प्रावि ५० हजार, चन्द्रोदय प्रावि ५० हजार बेरुजु देखिएको छ।

त्यस्तै भवन निर्माणतर्फ गणेश आवि १६ लाख, सिंहदेवी मावि १८ लाख, नवदुर्गा आवि १६ लाख र १३ लाख ५० हजार, सिंह वाहिनी प्रावि १६ लाख, लक्ष्मी मावि १८ लाख, जनता मावि १८ लाख बेरुजु देखिएको छ।

शौचालयतर्फ सप्त ऋषि गुरुकुल संस्कृत  वेद आश्रम २ लाख ५० हजार, समाजसेवी प्रावि ५० हजार, भानु मावि ४ लाख, महारानीगञ्ज मावि ६ लाख, भानु मावि ६ लाख, शनिश्चरे मावि ६ लाख, अर्जुनधारा मावि ६ लाख बेरुजु देखिएको छ। कक्षाकोठा पुरस्थापनातर्फ जुनकिरी सामुदायिक प्रावि ४० हजार, भूकम्पबाट प्रभावित अर्जुनधारा आवि ६० लाख, भीमले आवि ६० हजार, चम्पापुर मावि ३ लाख बेरुजु देखिएको छ। 

कनकाई नगरपालिका : मर्मततर्फ दुर्गापुर स्रोत केन्द्र ५० हजार, भगवती निमावि ५० हजार, भृकुटी उमावि ५० हजार,  जनचेतना आवि २५ हजार, पशुपति प्रावि ५० हजार, कनकाई गायत्री प्रावि एक लाख, भगवती आवि ५० हजार, पञ्चकन्या प्रावि २५ हजार बेरुजु देखिएको छ। त्यस्तै भवन निर्माणतर्फ सरस्वती मावि १४ लाख, भृकुटी मावि १८ लाख, हिमाली आवि १६ लाख, सिंहदेवी आवि १६ लाख बेरुजु देखिएको छ। शौचालयतर्फ जानकी आवि ६ लाख, जनचेतना आवि ६ लाख र भूकम्प मर्मततर्फ पञ्चकन्या प्रावि एक लाख बेरुजु देखिएको छ। 

शिवसताक्षी नगरपालिका : मर्मततर्फ दुधे स्रोत केन्द्र एक लाख, शिव प्रावि ५० हजार, त्रिभुवन मावि ५० हजार, भगवती आवि एक लाख, मैनाचरी प्रावि ५० हजार, सरस्वती प्रावि ५० हजार, बाल ज्योति प्रावि ५० हजार, गौरीशङ्कर प्रावि ५० हजार, बाल कल्याण आवि ५० हजार, भगवती मावि एक लाख, बाल सेवा आवि ५० हजार, सामाजिक आदर्श प्रावि ५० हजार, जनता प्रावि ५० हजार, सताक्षी प्रावि ५० हजार, शिव प्रावि ५० हजार, देवकोटा प्रावि ५० हजार, अरुणोदय प्रावि ५० हजार र दीपेन्द्र आवि ५० हजार बेरुजु देखिएको छ।

त्यस्तै भवन निर्माणतर्फ भानु मावि १८ लाख, राष्ट्रिय रमणीय आदर्श मावि १६ लाख, बाल निकुञ्ज मावि १६ लाख, कनकाई आवि १६ लाख, दीपेन्द्र प्रावि १३ लाख ५० हजार, त्रिभुवन उमावि १० लाख र १ लाख ४० हजार, पाथीभरा आवि ७ लाख ५० हजार बेरुजु देखिएको छ।

शौचालयतर्फ लक्ष्मीनारायण उमावि २ लाख ५० हजार, सामाजिक आदर्श प्रावि ५० हजार, मोती उमावि ५० हजार, श्रीजंग प्रावि २ लाख, जनआदर्श मावि ६ लाख, भगवती मावि ६ लाख, कनकाई प्रावि ६ लाख, जनविकास आवि ६ लाख बेरुजु देखिएको छ। बाहिरी वातावरणतर्फ झिलझिले मावि २ लाख ५० हजार, कक्षाकोठा पुनर्स्थापनातर्फ  शान्ति आवि ४० हजार, भूकम्प प्रभाविततर्फ जनआदर्श उमावि एक लाख ५० हजार बेरुजु देखिएको छ। 

दमक नगरपालिका : मर्मततर्फ जनता आवि ५० हजार, जनता प्रावि ५० हजार, पशुपति संस्कृत मावि २५ हजार, सरस्वती आवि २५ हजार, जनज्योति प्रावि ५० हजार, पाणिनी मावि ५० हजार, ताराबारी आवि ५० हजार, चुलाचुली आवि ५० हजार, कृष्ण आवि ५० हजार, मदिनीतुल उलुम मदरसा ५० हजार बेरुजु देखिएको छ। भवन निर्माणतर्फ पृथ्वी मावि १८ लाख, सिंहदेवी मावि १६ लाख, भूकम्प प्रभाविततर्फ हिमालय उमावि एक लाख, दिपीनी आवि ६० लाख, ताराबारी आवि एक लाख र शौचालयतर्फ सिंहदेवी उमावि ५० हजार बेरुजु देखिएको छ। 

गौरादह नगरपालिका : मर्मततर्फ डोरामारी उमावि महारानीझोडा १० लाख, डोरामारी मावि गौरादह १० लाख, छोडामाडी उमावि १० लाख, भारती प्रावि ५० हजार, जुरोपानी प्रावि ५० हजार, कञ्चनजङ्घा प्रावि २५ हजार, जनज्योति मावि २५ हजार, भद्रकाली मावि ५० हजार, लेखनाथ आवि ५० हजार, मदन आश्रित प्रावि २५ हजार, सिद्धिदाता प्रावि ५० हजार बेरुजु देखिएको छ। भवन मर्मततर्फ जनता मावि १८ लाख, जनता प्रावि १६ लाख, लेखनाथ आवि १३ लाख ५० हजार बेरुजु देखिएको छ। शौचालयतर्फ स्कुलर्चोन उमावि ४ लाख, भीमसेन आवि ४ लाख, जनता उमावि २ लाख, अमर मावि ६ लाख, अमर आवि ६ लाख बेरुजु देखिएको छ। भूकम्प प्रभाविततर्फ बलभद्र प्रावि ६० हजार, दुर्गादेवी प्रावि २ लाख ५० हजार बेरुजु देखिएको छ।  

कचनकवल गाउँपालिका : मर्मततर्फ बुद्ध आवि ३ लाख, अभिमुक्तेश्वर विद्यापीठ २५ हजार, नुर हक मदरसा २५ हजार, असर फिया तालेमुल कुरान २५ हजार, बाल प्रावि ५० हजार, महेन्द्र रत्न मावि ५० हजार, शारदा प्रावि ५० हजार, पशुपति प्रावि ५० हजार, शिव प्रावि ५० हजार, लक्ष्मी प्रावि ५० हजार, देवी प्रावि ५० हजार, पाठामारी प्रावि ५० हजार, दारुल प्रावि ५० हजार, आमबाडी प्रावि ५० हजार बेरुजु देखिएको छ। भवन निर्माणतर्फ जनता मावि १८ लाख, सहिद गङ्गालाल प्रावि १६ लाख, सरस्वती आवि १६ लाख, बुद्ध आवि १० लाख, शिव मावि १८ लाख, मोती मावि १४ लाख, महेन्द्र रत्न मावि १४ लाख बेरुजु देखिएको छ। शौचालयतर्फ लक्ष्मीप्रसाद देवकोटा मावि ६ लाख, जानकी मावि ६ लाख, मोती मावि ६ लाख बेरुजु देखिएको छ। 

हल्दिबारी गाउँपालिका : मर्मततर्फ गरमकाली आवि ५० हजार, जनजागृति मावि १० लाख, दुर्गादेवी प्रावि २५ हजार, धनुषा आवि ५० हजार, शान्ति प्रावि ५० हजार, रामेश्वर प्रावि ५० हजार, दीपेन्द्र प्रावि ५० हजार, नवसिर्जना प्रावि ५० हजार, राष्ट्रिय एकता प्रावि ५० हजार बेरुजु देखिएको छ। भवन निर्माणतर्फ दीपेन्द्र प्रावि १६ लाख, भूकम्पबाट प्रभावित जनजागृति उमावि ६० हजार, हल्दिबारी उमावि एक लाख, शौचालयतर्फ सरस्वती मावि ४ लाख बेरुजु देखिएको छ। 

बाह्रदशी गाउँपालिका : मर्मततर्फ साधपर्ति आवि २५ हजार, भगवती आवि एक लाख, जनता प्रावि ५० हजार, गौरीशङ्कर गायत्री स्वरूप आश्रम प्रावि एक लाख, पशुपति मावि ५० हजार, सुन्दरपुर प्रावि ५० हजार, कठरडाँगी आवि ५० हजार,  मदरसा मिसवाहुल उलुम प्रावि ५० हजार, पञ्चमणि आवि एक लाख, फूलबारी मावि ५० हजार बेरुजु देखिएको छ। त्यस्तै भवन निर्माणतर्फ फूलबारी उमावि १४ लाख र १८ लाख, जनविकास आवि १६ लाख, गौरीशङ्कर मावि १८ लाख, कटरडाँगी आवि १६ लाख, गौरीशङ्कर गायत्री स्वरूप आश्रम प्रावि १६ लाख, पञ्चमणि आवि १६ लाख बेरुजु देखिएको छ। शौचालयतर्फ राधानगर प्रावि २ लाख ५० हजार, साधुपर्ति प्रावि ६ लाख,  पशुपति मावि ६ लाख, मदरसा दारुल सलाम प्रावि ६ लाख, भूकम्प प्रभाविततर्फ अमृत आवि २ लाख ५० हजार, कटरडाँगी आवि एक लाख बेरुजु देखिएको छ। 

झापा गाउँपालिका : मर्मततर्फ त्रिभुवन प्रावि ७५ हजार र २५ हजार, मदरसा दारुल उलुम २५ हजार, कुवाडीदेवी मावि ५० हजार, भानुभक्त प्रावि ५० हजार, महेन्द्र आवि ५० हजार, सरस्वती प्रावि ५० हजार, आदर्श जनता प्रावि ५० हजार, सालमारा प्रावि ५० हजार र मदरसा निजामिया इस्लामिया प्रावि २५ हजार बेरुजु देखिएको छ। भवन निर्माणतर्फ त्रिभुवन आवि १८ लाख, राम जानकी प्रावि १६ लाख, मदरसा इस्लामिया गरिब नवाज १६ लाख, जुडो प्रावि १६ लाख, जनता मावि १८ लाख, भृकुटी आवि १३ लाख ५० हजार, जनकल्याण मावि १४ लाख र १० लाख बेरुजु देखिएको छ। शौचालयतर्फ त्रिभुवन प्रावि १ लाख २५ हजार, भृकुटी आवि ६ लाख, जनता मावि ६ लाख, नवज्योति आवि ६ लाख, भूकम्प प्रभाविततर्फ जनकल्याण मावि २ लाख ५० हजार बेरुजु देखिएको छ। 

कमल गाउँपालिका : मर्मततर्फ कमला मावि १५ लाख, सिदेश्वर गुरुकुल २५ हजार, अरनिको प्रावि एक लाख, सिंहदेवी प्रावि ५० हजार, पीङडाडा प्रावि एक लाख, पञ्चकन्या प्रावि ५० हजार, सहिद रत्न प्रावि एक लाख बेरुजु देखिएको छ। भवन निर्माणतर्फ कञ्चनजंगा आवि १६ लाख, वाणी मावि १८ लाख, मङ्गलमय मावि १६ लाख, शौचालयतर्फ सहिद धर्मभक्त मावि ६ लाख, सरस्वती आवि ६ लाख, भूकम्प प्रभाविततर्फ महेन्द्र रत्न उमावि एक लाख बेरुजु देखिएको छ। 

गौरीगञ्ज गाउँपालिका : मर्मततर्फ इन्द्रेणी प्रावि एक लाख, जनता आवि १० लाख, राम जानकी आवि २५ हजार, गौरी प्रावि ५० हजार, जनता आवि ५० हजार, जनता प्रावि २५ हजार, आदर्श प्रावि २५ हजार, राष्ट्रिय प्रावि ५० हजार, आमगाछी प्रावि २५ हजार र इन्द्रेणी प्रावि २५ हजार बेरुजु देखिएको छ। भवन निर्माणतर्फ जनता आवि १३ लाख ५० हजार, आमगाछी प्रावि १३ लाख ५० हजार, बाल कल्याण आवि १३ लाख ५० हजार, गौरीगञ्ज मावि १८ लाख, शौचालयतर्फ सरस्वती प्रावि ५० हजार, अस्थायी सिकाइ केन्द्रतर्फ गौरीगञ्ज उमावि २ लाख ५० हजार बेरुजु देखिएको छ। 

बुद्धशान्ति गाउँपालिका : मर्मततर्फ गौतम बुद्ध प्रावि ५० हजार, गणेश मावि ५० हजार, शान्ति आदर्श मावि ५० हजार, राष्ट्रिय विजय मावि ५० हजार, नमुना प्रावि ५० हजार बेरुजु देखिएको छ। भवन निर्माणतर्फ त्रिभुवन मावि १० लाख, आदर्श उमावि १४ लाख र १८ लाख, बुद्ध आदर्श मावि १८ लाख, गढी गाउँ मावि १६ लाख, बर्ने मावि १६ लाख, शौचालयतर्फ सरस्वती आवि ६ लाख, नवकिरण आवि ६ लाख, नमुना प्रावि ६ लाख, भूकम्प प्रभाविततर्फ त्रिभुवन मावि २ लाख ५० हजार बेरुजु देखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.