काठमाडौं : स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
मौसमविद मीनकुमार अर्यालका देशका अन्य पहाडी भू–भागमा भने मौसम आंशिकदेखि सामान्य बदली रहने छ। सोमबार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।
आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलब ६ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो २७ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।