|

काठमाडौं :  इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई पराजित गरेको छ। 

ओल्ड ट्राफोर्ड मैदानमा भएको खेलमा युनाइटेड पाहुना टोली ब्राइटोनलाई २–१ गोलले पराजित गरेको हो। युनाइटेडको जितका लागि मार्कस रासफोर्ड र मेसन ग्रिनवुडले १–१ गोल गरे। त्यसअघि खेलको १३ औं मिनेटमा ब्राइटोनका ड्यानी वेलब्याकले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १ गोलले पछि परेको युनाइटेडले दुबै गोल दोस्रो हाफमा गरेको हो। रासफर्डले ६२ औं  मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ८३ औँ मिनेटमा पाउल पोग्बाको पासलाई ग्रिनवुडले गोलमा बदलेपछि युनाइटेडले जित सुनिश्चित गरेको हो। गएरातिको जितसँगै युनाइटेडले अंकतालिकामा ६० अंक बनाएको छ। उ शीर्षस्थानको म्यानचेस्टर सिटीभन्दा १४ अंकले पछि छ।

यस्तै गएराति नै भएका अन्य खेलमा एस्टन भिल्लाले फुलह्यामलाई ३–१ले हराएको छ भने साउथह्याम्टनले बर्नलीलाई ३–२ गोलले पराजित गर्यो।  यस्तै न्यूक्यासल र टोटनह्यामले २–२ को बराबरी खेले। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.