|

काठमाडौं :  चर्चित गायन रियालिटी द भ्वाइस अफ नेपाल सिजन २ को टप १० मा पुग्न सफल गायक विशाल राईको पहिलो सांगीतिक कोसेली गीति संग्रह ‘सेन्मी’ विमोचन गरिएको छ। 

कोभिडको बढ्दो कारण  र प्रविधिलाई सदुपयोग गर्दै नेपाली इतिहासमै पहिलोपटक भर्चअुल माध्यमबाट म्युजिक नेपालको स्टुडियोमा गीति संग्रह ‘सेन्मी’को बिमोचन गरिएको हो। 

प्रसिद्ध संगीतकार शुभबहादुर सुनाम ,बरिष्ठ संगीतकार सुरेश अधिकारी , लोकप्रिय गायक एवं  म्युजिक नेपालका बिजनेस हेड राजिव लोहनी र  गायक विशाल राईले संयुक्त रुपमा गीति संग्रह ‘सेन्मी’को बिमोचन गरेका थिए।  ५ वटा गीतहरू संग्रहित ‘सेन्मी’ एल्बममा सुरेश अधिकारीको एकल शब्द रचना र संगीत रहेको छ  भने महाराज थापाको एरेन्ज रहेको छ।

नारी , नपिलाउ ,निदै उडेर, तिमी गैगयौ,म त हजुर गीत समाबेश गीतहरू मध्ये ‘नारी’ गीतको म्युजिक भिडियो समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो। 

कार्यक्रममा गायक विशाल राईले  एल्बममा समाबेश गीतहरू लाइभ गाएर दर्शकहरुलाई मनोरञ्जन गराएका थिए । गीति संग्रह ‘सेन्मी’लाइ म्युजिक नेपालले बजारमा ल्याएको हो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.